कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६३८ संक्रमित थपिए



कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६३८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।मंगलबार देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका एक/एक जनाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेपख आईसीयूमा उपचार भइरहेको थियो ।

यस्तै  साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *