थप २ जना कोरोना संक्रमित



थप २ जना कोरोना संक्रमित

काठमाडौं।  नेपालमा थप २ जनामा कोरोना संक्रमण  भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोरोना संक्रमणमा भएको जानकारी दिएको हो। काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरू दुवै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको तथा अवस्था सामान्य रहेको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

नेपालमा कोरोना संक्रमण भएर पनि उपचार पछि घर फर्कनेको संख्या ३६ छ। जसमध्ये तीन जनामा पुनः कोरोना संक्रमण भएको मन्त्रालयले बताएको छ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *