काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो



काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।  त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आइसोलेसनमा राखिएका उनीहरुको पिसिआर परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *