रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक



रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ ।

अभियान पोष्ट