विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास



विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए ।

पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए ।
लाै पूरा भिडियाे हेराैं ।

 

 

अभियान पोष्ट