Tuesday, May 30
Shadow

Uncategorized

आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, मुख्य प्रयोजन पदाधिकारी तयन

आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, मुख्य प्रयोजन पदाधिकारी तयन

Uncategorized
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी तयन रहेको बुझिएको छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले व...
प्रचण्डपथ त्याग्याैं, कमजाेरी भयाे : प्रचण्ड

प्रचण्डपथ त्याग्याैं, कमजाेरी भयाे : प्रचण्ड

Uncategorized
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गरेका छन् । तर अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिएका छन्।काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गरेका छन् ।तर शान्ति सम्झौता, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछि बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्र...
खुल्लामञ्चबाट विप्लवले भने : ‘अघि-अघि एमसीसी पछि-पछि एम १६’

खुल्लामञ्चबाट विप्लवले भने : ‘अघि-अघि एमसीसी पछि-पछि एम १६’

Uncategorized
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले एमसीसी नेपाली जनता र देशका विरुद्धमा रहेकाले यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित बनेको बताए । विरोधसभाका प्रमुख वक्ता रहेका महासचिव विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो । नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको महासचिव विप्लवले बताए । देशको सत्ता दोहन गर्नेहरूले क्र...
कान्तिपुरलाई श्रमजीवी-पत्रकार संघकाे चेतावनी

कान्तिपुरलाई श्रमजीवी-पत्रकार संघकाे चेतावनी

Uncategorized
श्रमजीवी-पत्रकार संघ, नेपालले कान्तिपुर मिडिया ग्रुपलाई त्यहाँ देखिएका श्रम समस्या यथाशीघ्र हल गर्न चेतावनी दिएकाे छ । श्रमजीवी-पत्रकारहरूलाई कोभिड-१९ महामारी सुरु भएको २०७७ वैशाखदेखि हतोत्साहित गर्दै गैरकानुनी रूपमा बेतलबी बिदामा राखेको कामबाटै निष्कासन गर्ने ध्येयले दरबन्दी नै नरहेका अपायक स्थानमा सरुवा गरिएकोप्रति विमति राख्दै आइतबार पब्लिकेसन्सको कार्यालयमा एक ध्यानाकर्षण पत्र बुझाउँदै साे चेतावनी दिइएको हाे। संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्जयद्वारा हस्ताक्षरित साे पत्रमा कारणबस श्रमजीवी-पत्रकारको संख्या बढी भएको छ भने उनीहरूलाई सौहार्दपूर्ण तरिकाले सुविधासहित बिदा गर्नुपर्नेमा अपमान गर्ने कार्य कदापि कान्तिपुरजस्तो प्रतिष्ठित सञ्चार गृहका लागि शोभनीय नभएको जनाएको छ । कान्तिपुरविरुद्ध सडकमै आउनुपर्ने अवस्थाबारे प्रस्ट्याउँदै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव ...
प्रहरी हेडक्वार्टरबाटै प्रश्नपत्र चाेरी

प्रहरी हेडक्वार्टरबाटै प्रश्नपत्र चाेरी

Uncategorized
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई बर्खास्तदेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको छ । गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएका थिए । समितिले बयान र अन्य कागजातसहित ५ सय पृष्ठ लामो प्रतिवेदन तयार पारेर मंगलबार साँझ क्षेत्रीलाई बुझाउने तयारी गरेको छ । समितिका एक सदस्य भन्छन्, ‘आज कार्यक्रम भएर आईजी सा’ब बाहिर जानुभयो, भोलि उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले साँझै प्रतिवेदन बुझाउने...
गठबन्धन सरकार एमसीसीबारे माैन

गठबन्धन सरकार एमसीसीबारे माैन

Uncategorized
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक गरिएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । सरकारको पहिलो मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी असोजसम्म एक तिहाई र चैतसम्म सबै योग्य नागरिकलाई निःशुल्क खोप व्यवस्था गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने, अस्पताल लगायतका भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने बताएको छ । तर संसदमा विचाराधीन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमएसीसी) सम्झौताबारे भने गठबन्धन मौन छ । नेपाली कांग्रेसले एमसीएसी सम्झौता पास गर्नुपर्नेमा जोड दिँदै आएको छ भने माओवादी केन्द्र यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न क...
बेपत्ता भएको २३ दिनपछि शव फेला

बेपत्ता भएको २३ दिनपछि शव फेला

Uncategorized
डोटी । गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो । भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
कस्तो बित्ने छ तपाइको आजको दिन हेर्नुहोस् राशिफल

कस्तो बित्ने छ तपाइको आजको दिन हेर्नुहोस् राशिफल

Uncategorized
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। मको उचित मूल्यांकन हुनेछ भने पछि उठ्नुपर्ने रकम पनि तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चुनौतीभित्र...
दीर्घ कोभिड के कारणले हुन्छ ?

दीर्घ कोभिड के कारणले हुन्छ ?

Uncategorized
काठमाडौं । सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ। सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्। ‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन। हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन्। तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुनेछैनन्। क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्...
आजको राशिफल : कुन-कुन राशिका लागि फलदायी ?

आजको राशिफल : कुन-कुन राशिका लागि फलदायी ?

Uncategorized
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धीत कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध...
‘रुस र चीनको आर्थिक तथा सैन्य सहकार्य नेटोका लागि गम्भीर चुनौती’

‘रुस र चीनको आर्थिक तथा सैन्य सहकार्य नेटोका लागि गम्भीर चुनौती’

Uncategorized
एजेन्सी : उत्तर प्रशान्त सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनबर्गले रुस र चीनको बढ्दो राजनीतिक र आर्थिक सहकार्यले नेटोलाई गम्भीर चुनौती दिईरहेको बताएका छन् । महासचिव जेन्स स्टोल्टनबगर्गले जर्मन अखबार वेल्ट अम सोन्ट्यागसँग कुरा गर्दै सो अभिव्यक्ति दिएका हुन् । उनले भने, हामी रसिया र चीनले हालसालै राजनीतिक र सैन्य सहयोग विकास गरिरहेको नजिकबाट नियाली रहेको छौँ । त्यस्तै मस्को र बेइजिंग प्रायः संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूमा आफ्ना कदमहरूको समन्वय गरिरहेका छन् । दुबै देशहरूले संयुक्त युद्धाभ्यास, लामो दूरीको युद्धक विमानहरू र समुद्री अपरेशनहरू सञ्चालन गर्नुका साथै सैन्य प्रणाली प्रयोग गर्ने र इन्टरनेटमा नियन्त्रणको क्षेत्रमा अनुभवको आदानप्रदान गर्दछन् स्टोल्टनबर्गले भने । त्यस्तै स्टोल्टनबर्गका अनुसार ब्रसेल्समा आगामी नाटो शिखर सम्मेलनमा भावी विकास नाटो २०२० को क...
पत्रकार महासङ्घका अध्यक्ष पोख्रेल चढेको कार दुर्घटना

पत्रकार महासङ्घका अध्यक्ष पोख्रेल चढेको कार दुर्घटना

Uncategorized, समाज
काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी हुनुहुन्थ्यो । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।...
नागरिकता ऐन फिर्ता लिन विप्लवकाे चेतावनी

नागरिकता ऐन फिर्ता लिन विप्लवकाे चेतावनी

Uncategorized, राजनीति
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ । सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खोरेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’...
मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

Uncategorized
संसद विघटन गर्दै प्रधानमन्त्री केपी ओलीले आगामी २६ कात्तिक र ३ मंसिरका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपतिले ओली र शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री दावीमा आधार नदेखिएको भन्दै देशलाई मध्यावधि निर्वाचनमा धकेलेकी थिइन् । राष्ट्रपतिको कदमपछि मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले संसद् विघटन गरेका हुन् । विपक्षी दलहरुले संविधानलाई राष्ट्रपतिबाटै च्यात्ने काम भएकाे भन्दै विराेध जनाएका छन् । एकातिर अब कोभिड महामारीका बीच देशमा निर्वाचन हुनेमा आशंका छ । दलहरुले निर्वाचनमा सहभागीता जनाउँछन् या बहिस्कार गर्छन्-स्पष्ट छैन ।...
धारा ७६ को ५ अनुसार काे बन्ला प्रधानमन्त्री ?

धारा ७६ को ५ अनुसार काे बन्ला प्रधानमन्त्री ?

Uncategorized
संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ;साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । यस्तै प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।  अब  राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् ...

निर्देशक कार्यकारीका निम्ति एमसीसी परियोजनामा खटिएका छन

Uncategorized
ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए । यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइराल...