Thursday, October 6
Shadow

फुटबल

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

खेलकुद, फुटबल
काठमाडौं । पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो । उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो । ३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पोजिसन ६४ प्रतिशत र पेरुको ४४ प्रतिशत रहेको थियो । अब फाइनलमा ब्राजिलले जुलाई ११ मा अर्जेन्टिना वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा भोलि भिड्दैछन् । जसमा विजयी हुने टोलीको फाइनलमा ब्राजिलसँग भेट भएको हो ।  ...
बिमल घर्तिमगर गम्भीर घाइते

बिमल घर्तिमगर गम्भीर घाइते

खेलकुद, फुटबल, बागमती प्रदेश, रोजगार, स्वास्थ्य
काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।...
च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने

च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने

खेलकुद, फुटबल
युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिख  र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने पक्का भएको छ। पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई र बायर्नले फ्रेन्च क्लब लियोनलाई  हराउदै एक अर्का बिचको भेट पक्का गरेको हो। बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।...
बार्सिलोना प्रशिक्षकमा रोनाल्डा कोम्यान नियुक्त

बार्सिलोना प्रशिक्षकमा रोनाल्डा कोम्यान नियुक्त

खेलकुद, फुटबल
नेदरल्याण्ड्सका रोनाल्ड कोएमन स्पानिस जायन्ट बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका छन् । बार्सिलोनाले बुधबार क्लबका पूर्वखेलाडी समेत रहेका कोएमनलाई प्रशिक्षक नियुक्त गरेको हो । मुख्य प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेपछि बार्सिलोनाले कोएमनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । कोएमन नेदरल्याण्ड्सको राष्ट्रिय टिम छाड्दै बार्सिलोनाको प्रशिक्षक बनेका हुन् । कोएमन २०१८ देखि नेदरल्याण्ड्सको प्रशिक्षकको भूमिकामा थिए । बार्सिलोनाले कोएमनसँग २ वर्ष सम्झौता गरेको छ । अब उनी २०२२ जुन ३० सम्म क्याम्पनोउमा रहनेछन् ।क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले मंगलबार राति नै आफूले कोएमनलाई प्रशिक्षकको रुपमा चयन गरिसकेको बताएका थिए । कोएमनले बार्सिलोनाको सहायक प्रशिक्षक बन्दै प्रशिक्षण करियर सुरु गरेका थिए । त्यसपछि उनी सन् १९९८-९९ मा बार्स बी टिमको प्रशिक्षकसमेत बने । त्यसअघि खेलाडीको रुपमा उनले ब...
यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

खेलकुद, फुटबल, विशेष खबर
यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।   पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।   ८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेल...
पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा

पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा

खेलकुद, फुटबल
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको समिकरण पूरा भएक‍ो छ। शनिबार स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो।  यसअघि शुक्रबार लियोन र म्यानचेस्टर सिटी अन्तिम ८ मा पुगेका थिए। पेरिस सेन्ट जर्मेन (पिएसजी), एटलान्टा, आरबी लेइपजिग र एथ्लेटिको मड्रिडले भने कोरोना भाइरसअघि लिग स्थगित हुनुअघि नै अन्तिम आठमा स्थान बनाएका थिए। अब बुधबारदेखि क्वार्टरफाइनलका सबै खेल पोर्चुगलको लिस्बनमा हुनेछ। फाइनल खेल अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ। बुधबारको पहिलो क्वार्टरफाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ। शुक्रबार बार्सिलोना र वायर्न म्युनिख तथा शनिबार लियोन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ। कोरोना भाइरसका कारण कर...
रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

खेलकुद, फुटबल
१३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा सिटीका लागि घरेलु मैदानमा रहिम स्ट्रलिङ र गाब्रिएल जेसलले गोल गरे । रियलका लागि करिम बेन्जामाले एक गोल फर्काए । स्ट्रलिङले नवौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै रियलको आशा कायमै राखेका थिए । तर दोस्रो हाफमा जेसलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि रियलले गोल थप्न सकेन र सिटी २–१ ले विजयी भयो । अघिल्लो खेलमा रातो कार्ड पाएका रियलका कप्तान सर्गियो रामोस भने सिटीविरुद्ध खेल्न पाएनन् र रियललाई उनको अभाव पनि खड्कियो ।...
च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, रियल र युभेन्ट्स दबाबमा

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, रियल र युभेन्ट्स दबाबमा

खेलकुद, फुटबल
 कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ । युरोपको परतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई खेल हुँदैछ । इंग्ल्स क्लब म्यानचेष्टर सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा स्पानिस जायन्ट रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन च्याम्पियन्स युभेन्ट्सले घरेलु मैदानमा फ्रेन्च क्लब लियोनलाई निम्त्याउनेछ । दुवै खेल नेपाली समय अनुसार राती १२:४५ मा शुरु हुनेछ । ठूला क्लब भएपनि रियल र युभेन्ट्स आजको खेलअघि दबाबमा हुनेछ । यद्यपी दुवै क्लबले आफ्नो देशको लिग भने जितेका छन् । तर अन्तिम १६ को पहिलो लेगमा रियल र युभेन्ट्स दुवै पराजित भएका थिए । रियलले पहिलो लेग घरेलु मेदानमा सिटीसंग २-१ ले गुमाएको थियो । त्यसैले अन्तिम ८ मा पुग्न सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई स्पष्...
म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

खेलकुद, फुटबल
म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो । बुधबार राति भएको दोस्रो लेगमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो । एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले म्यानचेस्टर युनाइटेडका लागि गोल गरे । ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै दोस्रो लेगमा युनाइटेड २–१ ले विजयी भयो । सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ । युरोपा लिगकै अर्को खेलमा इन...
पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

खेलकुद, फुटबल, विशेष खबर
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो । यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ । पीएसजीका गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए । पाब्लो साराबियाल...
इटालियन सिरीमा इन्टर र एटलान्टा विजयी

इटालियन सिरीमा इन्टर र एटलान्टा विजयी

खेलकुद, फुटबल, विशेष खबर
इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् । दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । इन्टरले यसअघि नै युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । तर यस हार नापोलीको लागि भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन। यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ । नापोलीको समान खेलबाट ५९ अंक छ । उता तेस्रो स्थानको एटलान्टाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पार्मालाई २-१ ले पराजित गरेको छ । ४३औं मिनेटमा डेजान...
युरोपियन गोल्डेन बुटको रेसमा कडा प्रतिस्पर्धा

युरोपियन गोल्डेन बुटको रेसमा कडा प्रतिस्पर्धा

खेलकुद, फुटबल, विशेष खबर
२०१९-२० को सिजन युरोपियन गोल्डेन बुटको होड अझै खुल्ला छ । सिरी ए मा अन्तिम दुई चरणको खेल बाँकी रहँदा गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । यस अवार्डका लागि तीन खेलाडी मुख्य दाबेदारको रुपमा छन् । अहिलेसम्म जर्मन बुण्डेसलिगा क्लब वायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्की अघि छन् । उनले ३४ गोल गर्दै ६८ अंक जोडेका छन् । यस्तै सिरी ए क्लब लाजियोबाट खेल्ने सिरो इम्मोबाइलले पनि ३४ गोल नै गर्दै ६८ अंक जोडेका छन् । उनले अझै दुई खेल खेल्न बाँकी छ । यस्तै सिरी ए मा युभेन्ट्सबाट खेल्ने क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् र उनको ६२ अंक छ । अब बाँकी खेलमा गोल थप्न सके इम्मोबाइलले गोल्डेन बुट जित्ने सम्भावना बढी छ । यदी इम्मोबाइलले थप गोल गर्न नसकेकोमा समान गोल गर्नेमध्ये जसले थोरै मिनेट खेल खेलेको छ त्यही खेलाडी शीर्ष स्थानमा रहनेछ । पोलिस फरवार्ड लेवान्डोस्कीले २ हजार ७६२ मिनेट खेलेका छ...
एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने

एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने

खेलकुद, फुटबल
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् । फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट एटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए । जसले गर्दा एमबाप्पे थोरै समय मात्र मैदानमा बिताउन पाए । नेमारको एक मात्र गोल मद्दतमा पिएसजीले उक्त खेल जित्दै उपाधि जितेको थियो । एमबाप्पेको चोट निको हुन कम्तीमा ३ साता लाग्ने बताइएको छ । तर, पीएसजी सेमिफाइनलमा पुगे अगष्ट १८ मा हुने खेलका लागि एमबाप्पे मैदान फर्कन सक्ने बताइएको छ । यस सिजनको च्याम्पियन्स लिग फाइनल पोर्चुगलको लिस्बनमा अगष्ट २३ मा हुनेछ । कोरोनाभाइरस महामारीले गर्दा यस पटक क्वाटरफाइन...
हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

खेलकुद, फुटबल
लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबलर अफ दि इअरको अवार्ड जितेका छन् । लिभरपुललाई ३० वर्षयता पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए । उनी यस अवार्ड जित्ने लिभरपुलको १२ औं खेलाडी बनेका छन् । दुई सिजनअघि पछिल्लो पटक लिभरपुलका मोहमद सलाहले यो अवार्ड जितेका थिए । हेन्डरसनले म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना र आफ्नै क्लबका खेलाडीहरुलाई समेत पछि पार्दे यो अवार्ड जितेका हुन् । बुधबार राति चेल्सीलाई ५-३ ले पराजित गरेपछि लिभरपुलले यस सिजन प्रिमियर लिगको ट्रफी उचालेको छ । कप्तान हेन्डरसन आधुनिक प्रिमियर लिग सुरु भएपछि उक्त ट्रफी उचाल्ने लिभरपुलका पहिलो कप्तान बने । आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सर्वाधिक ३ पटक यो अवार्ड जितेका छन् ।...
युभेन्ट्स पराजित, तीन खेलअघि च्याम्पियन बन्ने मौका गुमायो

युभेन्ट्स पराजित, तीन खेलअघि च्याम्पियन बन्ने मौका गुमायो

खेलकुद, फुटबल
उडिनेजेसँग पराजित भएपछि तीन खेलअघि सिजनको इटालियन सिरि एको उपाधि जित्ने मौका युभेन्ट्सले गुमाएको छ। युभेन्ट्सलाई बिहीबार राति भएको खेलमा उडिनेजेले २-१ गोलले पराजित गरेको हो। खेलमा अग्रता भने युभेन्ट्सले लियो। उसका लागि डि लिटले ४२ मिनेटमा गोल गरेका थिए। उडिनेजेका लागि नेस्ट्रोरोभ्सीले ५२ मिनेटमा बराबरी गोल फर्काए। फाफोनाले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेपछि उडिनेजेले युभेन्ट्सलाई २-१ ले हरायो। लिगमा ३५ खेल खेलेको युभेन्ट्सको ८० अंक छ। दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ भने तेस्रो स्थानको इन्टर मिलानको ७३ र चौथो स्थानको लाजियोको ७२ अंक छ। अब युभेन्ट्सले आइतबार साम्पडोरियालाई पराजित गरे लिगको उपाधि जित्नेछ। यस्तै उसका अरु प्रतिद्वन्द्वी पराजित भए पनि युभेन्ट्सको दुई खेलअघि उपाधि जित्ने सम्भावना हुनेछ।...
इन्टर बराबरीमा रोकिँदा युभेन्ट्सलाई फाइदा

इन्टर बराबरीमा रोकिँदा युभेन्ट्सलाई फाइदा

खेलकुद, फुटबल
इटालियन सिरी ‘ए’मा तेस्रो स्थानको इन्टर मिलान बराबरीमा रोका लिग लिडर युभेन्ट्स लगातार नवौं पटक उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा इन्टर फियोरिन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरी पछि इन्टरले दोस्रो स्थानमा उक्लने अवसर समेत गुमायो । युभेन्ट्सले दोस्रो स्थानको एटलान्टामाथि ६ र तेस्रो स्थानको इन्टरमाथि ७ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले अझै एक खेल कम खेलेको छ । युभेन्ट्सले चार मध्ये एक खेल मात्र जितेमा पनि च्याम्पियन बन्नेछ । युभेन्ट्सले आज उडिनेसीसँग प्रतिस्पर्धा गर्दैछ । सिरी ए कै अन्य खेलमा रोमाले अन्तिम स्थानमा रहेको एसपीएललाई ६-१ ले पराजित गरेको छ । जितपछि ३५ खेलबाट ६१ अंक जोड्दै रोमा पाँचौ स्थानमा उक्लेको छ । उता पार्मासँग २-१ ले पराजित भएको नापोली ५६ अंकसहित सातौं स्थानमै यथावत छ ।...