Wednesday, September 28
Shadow

क्रिकेट

क्यानले क्रिकेटरको तलबका लागि आईसीसीलाई पत्र पठाइयो

क्यानले क्रिकेटरको तलबका लागि आईसीसीलाई पत्र पठाइयो

क्रिकेट, खेलकुद
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा २३ जनाको नाम पठाएको छ । आईसीसीले तलब पठाउनका लागि खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाउन भनेपछि क्यानले २३ जनाको नाम पठाएको हो । क्यान निलम्बनमा रहँदा क्रिकेट खेलाडीको तलब आईसीसीले नै दिँदै आएको थियो । त्यसै अनुसार २०१९ को तलबको लागि नामावली संकलन गरेर आईसीसीमा पठाइएको क्यान सचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई बताए । ‘आईसीसीले २०१९ को तलब बाँड्नुपर्ने हो । यो पुरानो नै हो । त्यसको प्रकियाको लागि खेलाडीले कन्ट्रयाक्ट गर्नुपर्ने थियो । त्यो कन्ट्रयाक्ट गरेर सबै उता पठाउनुपर्ने माग भएको थियो । त्यसैको लागि हामीले पठाएका हौं,’ प्याकुरेलले भने । पछिल्लो पटक आईसीसीले सन् २०१८ मा दुई वर्षको एकमुष्ट तलब राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीलाई पठाएको थियो । त्यसपछि अहिलेसम्म खेलाडीको ...
सन्दीपले सीपीएल खेल्ने अन्यौल

सन्दीपले सीपीएल खेल्ने अन्यौल

क्रिकेट, खेलकुद
नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने विषय अन्यौल बनेको छ । आगामी अगष्टमा ट्रिनिडाड एण्ड टोबागोमा हुने यस सिजनको सीपीएलमा सन्दीप जमैका तल्लावाहजमा अनुबन्ध भइसकेका छन् । तर उनी त्यहाँ खेल्न जाने वा नजाने भन्ने निर्णय भइसकेको छैन । नेपालमा बुधबारदेखि लकडाउन अन्त्य भए पनि अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि मात्र खुल्ने सरकारले निर्णय गरेको छ । तर सन्दीप अबको एक सातापछि नै सीपीएल खेल्ने स्थल पुग्नुपर्ने भएकोले खेल्ने नखेल्ने अन्यौल बढेको हो । प्रतियोगिता सुरु हुनुअघि सहभागी फ्रेन्चाइजका खेलाडीहरु दुई साता होटलमै क्वारेन्टिन बस्नुपर्छ । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले अबको सातादेखि १० दिनभित्रै उता पुगिसक्नु पर्ने भए पनि अहिलेसम्म कसरी जाने फिक्स्ड नभएको बताए । ‘जुलाई अन्तिम वा अगष्ट १-२ दिनमा उता होटल पुगिसक्नु पर्छ,’ रमनले भने, ‘त...
युरो टि-२० स्लाम एक वर्षपछि सर्‍यो

युरो टि-२० स्लाम एक वर्षपछि सर्‍यो

क्रिकेट, खेलकुद
युरो टि-२० स्लाम फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करण एक वर्ष पछि हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण उत्पन्न अनिश्चिताको कारण युरोपको यस प्रतियोगिता स्थगित भएको हो । आयोजकले बुधबार यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ । युरो टि-२० स्लामको पहिलो सिजन सन् २०१९ मै आयोजना हुने बताइएको थियो । तर,आयोजकले आर्थिक संकटका कारण प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी रहँदा स्थगित गरेको थियो । प्रतियोगिता सन् २०१९ को अगष्ट ३० देखि सेप्टेम्बर २२ सम्म हुने तालिका थियो । तर यस वर्ष भने प्रतियोगिताको मिति भने खुलाइएको थिएन । क्रिकेट स्कटल्याण्ड, क्रिकेट आयरल्याण्ड र नेदरल्याण्ड क्रिकेट बोर्ड सहआयोजक रहेको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । प्रतियोगिताको लागि सबै टिमले अक्सनबाट खेलाडीसमेत छनोट गरिसकेको थियो ।...
मोइन अलीलाई उपकप्तानको जिम्मेवारी

मोइन अलीलाई उपकप्तानको जिम्मेवारी

क्रिकेट, खेलकुद
आयरल्याण्डविरुद्ध हुने ओडिआई क्रिकेट सिरिजमा लागि मोइन अली इंग्ल्याण्डको उपकप्तान चयन भएका छन् । अहिले भइरहेको वेष्ट इन्डिजविरुद्धको टेष्ट टोलीमा पर्न असफल रहेका अलराउण्डर अलीलाई इसीबीले आयरल्याण्डविरुद्धको तीन खेलको सिरिजका लागि उपकप्तान चयन गरेको हो । घरेलु भूमिमा हुने सिरिजको इंग्लिस टोलीको कप्तानी आयन मोर्गनले गर्नेछन् । सिरिज साउथह्याम्पटनको एजेस बाउलमा जुलाई ३० बाट सिरिज सुरु हुनेछ । कोरोनाभाइरस महामारीको असरलाई मध्यनजर गर्दै सिरिज बन्द रंगशालामा हुनेछ ।इंग्लिस टोलीको अन्तिम टोली घोषणा भने अर्को साता हुने इसीबीले जनाएको छ ।...
आईपीएल यसै वर्ष युएईमा हुने

आईपीएल यसै वर्ष युएईमा हुने

क्रिकेट, खेलकुद
२०२० को इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ। आइपिएलका अध्यक्ष ब्रिजेस पटेलका अनुसार आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्नेछ। पटेलले आइपिएलको मिति भने खुलाएका छैनन्। यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपिएलका ६० खेल गर्ने प्रस्ताव गरेको थियो। त्यसअघि बिसिसिआईले यहि समयमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप औपचारिक रुपमा स्थगितको निर्णय कुरेको थियो। जुन निर्णय आइसिसीले सोमबार गरिसकेको छ। आइपिएलका लागि भारतीय सरकारसँग अनुमति मागिएको छ। आइपिएल युएईको दुबई, अबुधावी र शारजाहमा गर्न प्रस्ताव गरिएको छ। सबै खेलहरू दर्शकबिनाका रंगशालामा हुनेछन्। आइपिएल युएईमा गर्ने विषयमा फ्रेन्चाइज टिमलाई औपचारिक जानकारी गराउन भने बाँकी छ। गत अप्रिलमा हुने तय भएको आइपिएल कोरोना भाइरसका कारण अनिश्चितक...
कोरोनापछिको पहिलो क्रिकेट : वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

कोरोनापछिको पहिलो क्रिकेट : वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

क्रिकेट
काठमाडौं । जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ । कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेलेपछि पाहुना टोलीले जित हात पारेको हो । साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४-८ बाट अन्तिम दिनको खेल सुरुवात गरेको थियो । त्यसपछि इंग्ल्याण्डले २९ रन थप्दै बाँकी २ विकेट गुमायो र दोस्रो इनिङ्समा ३१३ रन बनायो । अन्तिम विकेटका रुपमा आउट भएका जोफ्रा आर्चरले २३ रन जो८ । वेष्ट इन्डिजका शानन गाब्रीएललले दोस्रो इनिङ्समा ५ विकेट लिए । पहिलो इनिङ्समा २०४ रनमै अलआउट भएको इंग्ल्याण...
चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता

चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता

क्रिकेट, खेलकुद
काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इंग्ल्याण्डले चौथो दिनपछि १७० रनको अग्रता लिएको छ । दोस्रो इनिङ्समा बिना क्षति १५ रनको अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको इंग्ल्याण्डले दिन समाप्तीमा ८ विकेट गुमाएर २८४ रन बनाएपछि १७० रनको अग्रता बनाएको हो । इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो । इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा ज्याक क्रावलेले सर्वाधिक ७६ रन बनाए । यस्त ओपनर डम सिब्लेले ५० रन जोडे । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोडे । वेष्ट इन्डिजका शानन गाब्रीएलले ३ विकेट लिए भने रोस्टन चेस र अल्जारी जोसेफले २-२ विकेट लिए।...
वेष्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा इग्ल्यान्डको सामान्य सुरुवात, वर्षा बाधक

वेष्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा इग्ल्यान्डको सामान्य सुरुवात, वर्षा बाधक

क्रिकेट, खेलकुद
कोरोना भाइरसका कारण स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट बुधबारदेखि सुरु भएको छ । इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन वर्षा निकै बाधक बन्यो । पहिलो दिनको अधिकांश खेल बर्षाले विथोलिएको थियो । साउथह्याम्टनमा जारी टेष्टको पहिलो दिन इंग्ल्याण्डले पूरै दिनमा केहि समयमात्र ब्याटिङ गर्ने मौका पायो । उसले पहिलो दिन सकिंदा एक विकेट गुमाएर ३५ रन बनायो । जसमा उले १७ ओभर चार बलमात्र खेल्न पायो । वर्षाका कारण टसपछि साढे दुई घण्टा ढिलो भएको थियो । यस्तै टस जितेर पहिले ब्याटिङको निर्णय गरेर मैदानमा उत्रिएपछि पनि चौथो ओभरमा फेरि वर्षा भएपछि खेल निकैबेर रोकिएको थियो । १७ ओभर चार बलको खेल भएकोमा इंग्ल्याण्डले सामान्य सुरुवात गरेको छ । आज पनि साउथह्याम्टनमा बर्षा हुने संभावना देखिएको छ ।...
जमैका तल्लावाहज एक करोड बढीमा अनुबन्ध भए सन्दीप

जमैका तल्लावाहज एक करोड बढीमा अनुबन्ध भए सन्दीप

क्रिकेट, खेलकुद
काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् । यो सन्दीपले विदेशी लिगमा छनोट हुँदा पाउने दोस्रो धेरै रकम हो । यस अघि इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटका लागि सन्दीप झण्डै ढ करोडमा छनोट भएका थिए । कोभिड-१९ का कारण उक्त प्रतियोगिता एक वर्षपछि सरेको छ । आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्, जसमा रेसलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् । सन्दीपले यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार...