Wednesday, May 31
Shadow

प्रदेश खबर

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

कृषि, बागमती प्रदेश
फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि ...

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

बागमती प्रदेश
काठमाडौं- काठमाडौंको बौद्धमा रहेको महानगरी प्रहरी वृत्ताई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी भएको छ। कागेश्‍वरीको वडा नम्बर ६ मा उक्त वृत्त सार्ने तयारी थालिएको हो। कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्ने तयारी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।   उनका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार रहेको छ। उनले प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्‍वाश व्यक्त गरे। उनले भने,' कागेश्वरी मनोहराभित्र बौद्ध प्रहरी वृत्त राख्‍न म आफू बढी जागरुक र चिन्तित छु। यो प्रक्रियालाई हप्ता १० दिनमै टुंग्याउने गरी अगाडि बढेका छौं।' उनले प्रक्रिया लामो भएर अलमलियो भने दोस्रो वैकल्पिक...
युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

mainnews, कर्णाली प्रदेश
० बिस्नप्रसाद न्याैपाने सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्। परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्। उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, 'परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।' माओवादी युद्ध सुरु हुनु ...
कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा समितिले नगरपालिकाको वडा नम्बर–६ मा रहेको फुटबल मैदानमा पुगेर त्यसलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन गर्नुपर्ने कामहरुको सूचना संकलन गरेको समिति सदस्य दिलीप गसीले जानकारी दिनुभयो । सो फुटबल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक अध्ययन तथा अनुसन्धानका लागि विज्ञहरुसँग परामर्श गरिने उहाँले बताउनुभयो । त्यसका लागि विशेषज्ञ टोलीले विज्ञसँग परामर्श गरिरहेको र एक हप्ता भित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन नगरपालिकामा पेश गरिने समितिका अर्का सदस्य आरके बिष्टले जानकारी दिनुभयो । समितिको ...
कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गत विहिवार गर्नुभएको थियाे । नगरपालिका नियामक रहेको हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहने हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गतसाताकाे विहिबार गर्नुभएको हो । चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको विकास, व्यवस्थापन र उत्पादनमुखी कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँकाे भनाई थियो । नगर क्षेत्रभित्र भएको कृषि योग्य जमिनको सहि सदुपयोग गरी उत्पादनमूलक कार्य गर्न नगरपालि...
‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

mainnews, कर्णाली प्रदेश
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो। उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्। 'घरमा ३ ब...
कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

mainnews, कर्णाली प्रदेश
कालिकाेट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् । यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।...
घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

mainnews, लुम्बिनी प्रदेश
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

mainnews, गण्डकी प्रदेश
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले आगामी चुनाव नल...
संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

mainnews, अन्तर्वार्ता, बागमती प्रदेश
काठमाडौं । आज संविधान दिवस । दोस्रो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो । त्यही दिनको सम्झनामा सरकारले हरेक वर्ष विशेष कार्यक्रमसहित संविधान दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यसैबीच राष्ट्रपति विद्यादेवी...
जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

कर्णाली प्रदेश, राजनीति
काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् । आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ । त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका...
रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

प्रदेश नं. १
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट  राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा नाम सिफारिस भएकी चर्चित नायिका तथा युवा नेता रेखा थापाले आज बेलबारीका गाउँटाेल वडाहरुमा स्थानियसँग यस क्षेत्रका विभिन्न समस्याका विषयहरुमा छलफल गरेकी छिन । हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताईन। थापाले ठगहरुलाई लखेट्ने बताउदै आफ्नो मत खेर नफाल्न आग्रह गरेकी छिन। अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन्। पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब नयाँ असल उम्मेदवारलाई मतदान गर्नेछौ, एक स्थानीयले भने ‘उहाँले रिल लाईफमा हाम्रो सम...
सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

mainnews, कर्णाली प्रदेश
जनादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट वेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दिक्षित छन्। जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई सिद्धान्त व्यवाहारमा उतारेका एक पात्रकाे रुपमा बुझ्दा न्याय हुन्छ। यसकाे प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि। उनमा कुनैपनि खालकाे लाेभलालच छैन। एकातिर सिद्धान्त र आदर्श तथा अर्कातिर व्यवहार गरेर तथालिङ्ग राजनीतिकाे पछि नलागि इमान्दारिताका सथा जिम्मेवारी निभाउँदै आएका उनलाई यतिबेला नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभाकाे सम्भावित उम्मेदवारकाे रुपमा सिफारिस गरेकाे छ। उनी सँगै पूर्व सभासद् एवम् कर्णाली प्रदेशका पूर्व काननु मन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गाेमा कुँवर र कर्णाली विकास आयाेगका पूर्व अध्यक्ष डा. कल बहादुर राेकाया पनि सम्भावित उम्मेदवारकाे सुचिमा छन्। य...
सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

mainnews, लुम्बिनी प्रदेश
काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आइतबार पनि ठोस सहमतिमा पुग्न सकेको छैन । आइतबार बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक सोमबारका लागि सारिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा भोलि फेरि छलफल गर्ने गरी बैठक टुङ्ग्याइएको जसपाका नेता रामसहाय यादवले बताए  मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेको उनको भनाइ छ । गठबन्धनमा रहेका दलले आफ्ना अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धन घटककै अर्का एक नेताले बताए । तर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण गठबन्धनमा कुरा मिलाउन गाह्रो भइरहेको ती नेताको भनाइ छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गर...
तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

mainnews, लुम्बिनी प्रदेश
दाङ । मुल प्रवेशद्वारमा काठको कलात्मक तर जीर्ण गेट छ । प्रवेशद्वारभित्र कतै टिन, कतै ढुंगामाटोको घरहरु देखिन्छन्, जसको अवस्थामा नाजुक छ । केही घर त भत्किसकेका छन् । केही भत्किने अवस्थामा छन । कुनै घरको छानो छ, भित्ता छैन भने कुनैको भित्ता छ, छानो छैन । कोही नयाँ मान्छे त्यहाँ पुगेर पहिलो पटक ती घरको अवस्था हेर्दा उसको मनमा भट्ट आउँछ– द्वन्द्वका क्रममा बम र बारुदले भत्किएका घर रहेछन् । तर वास्तविकता त्यो होइन । यी जीर्ण घर शान्ति स्थापना पछि बनेका तत्कालीन माओवादी लडाकु जनमुक्ति सेनाले प्रयोग गरेको ब्यारेक हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा बनाइएको यो ब्यारेकमा कुनै बेला करिब तीन हजार जनमुक्ति सेना परेड खेल्थे । महिला सामुदायिक वनको करिव १६ हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेक निर्माण भएको करिव ६ वर्षमै रित्तो भयो । यहाँ रहेका तत्कालीन जनमुक्ति सेनामध्ये केही सेना समायोजन...