
अन्तिम अवस्था आएमा रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ : रूस
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन्। सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो।
उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन्। त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे। युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिए। त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे।
पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए। युक्रेनमा अतिक्रमण भएको तीन दिनप...