
नेपालमा भेटियाे ‘मंकीपक्स’ टेकुमा उपचार हुँदै
काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
के–के हुन् मंकीपक्सका लक्षण ?
मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ। सुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ। ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, ढाड दुख्नु, मांशपेशी दुख्नु, शरीर कमजोर हुनु यसका यसका प्रारम्भिक ल...