
लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी
धादिङ । नेपाली लोकदोहोरी क्षेत्र अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आजदेखि धादिङ जिल्लाको धादिङ्ग बेसीमा शुरू हुँदै छ। देशभरका विभिन्न प्रतिष्ठानका कलाकारहरु उपस्थित हुने छन्। ५ बर्षसम्मका लागि नयाँ कार्यसमिति चुन्ने याे महाधिवेशनमा यस छाता संगठनभित्र रहेका अन्य धेरै कलाकारहरुले उम्मेद्वार दिने भएका छन्।
साे महाधिवेशनमा ओखलढुंगावासी कलाकार सपना सुनाम प्रदेश नं. १ काे भूगाेलबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिंदैछन्र । ओखलढुंगा जिल्ला लिखुगाउपालिका ८ मा बुवा दलबहादुर सुनाम र आमा कालिका माया सुनाम को कान्छी छोरी कलाकार सपना सुनाम यस भन्दा अगाडि पनि लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गा जिल्लाको निवर्तमान अध्यक्ष समेत छन्। अहिले नेपाली लोक दोहोरी क्षेत्रमा आफुले सकेको योगदान दिनकै लागि केन्द्रीय सदस्यमा आफ्नाे उमेद्वार रहेको सपना सुनामले बताइ...