
‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ ।
यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए ।
भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए ।
२०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए । ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो ।
डाँफे भूउपग्रह नि...