देशभर २ हजार बढी संक्रमित थपिए



देशभर २ हजार बढी संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१० गर्दा ९९५ मा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन्।

यस्तै शुक्रबार थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अभियान पोष्ट