माधवलाई अध्यक्ष बनाउन ओली तयार



माधवलाई अध्यक्ष बनाउन ओली तयार

काठमाडौ । १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको बताउँदै ओलीले एकता भएमा सबै संरचनाहरू २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने पनि उल्लेख गरेका थिए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरूलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ । तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक भोलि पनि बस्नेछ ।

अभियान पोष्ट