बिहान बिहानै किन पुगे कोटेश्वर प्रचण्ड



बिहान बिहानै किन पुगे कोटेश्वर प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार बिहान कोटेश्वरमा पुगेका छन् । अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।।

नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो ।

नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन्।

सो बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन। एमालेको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् ।

भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

 

अभियान पोष्ट