नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै



नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बालकोटमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यो बैठकले भोलि (मंगलवार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ । एमालेको सोमवारको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

अभियान पोष्ट