देशभर १८०१ जनामा संक्रमण पुष्टि



देशभर १८०१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९६२८ जनाको परिक्षणमा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

अभियान पोष्ट