भीम रावलले पदबाट राजीनामा दिए



भीम रावलले पदबाट राजीनामा दिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य भीम रावलले पदबाट राजीनामा दिएका छन्। अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले पदबाट राजिनामा दिएका हुन् ।

एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक रहेका रावल पछिल्लो समय शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।

 

 

अभियान पोष्ट