Sunday, April 2
Shadow

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज


  • -इ
  • इ+

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञााप्ति जारि गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएसंगै ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए। अध्यादेश खारेज सोबाट भएको भएपनि नियुक्ती कायम रहनेछ।

संविधान अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन्। हाल उपसभामुख पद रिक्त रहेको छ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्