आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ?



आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १५१, ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २, भोजपुरमा ७, मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १०, बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ । वाग्मती प्रदेशको काठमाडौंमा ३४३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२, मकवानपुरमा ४९, रसुवा ४, रामेछापमा ७, ललितपुरमा १३६, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३८, गोरखामा ५, तनहुँमा १२, नवलपरासी पूर्वमा ४०, पर्वतमा १, म्याग्दीमा २, लमजुङमा ९, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ३, दाङमा ११, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा २, बाँकेमा ७, रोल्पामा १ र रुपन्देहीमा ४४ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, कालिकोटमा ५, हुम्ला ६, डोल्पा १, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा ३५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २७, कैलालीमा ५१, दार्चुलामा १, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

अभियान पोष्ट