काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुरु भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् ।
प्रमुख सचेतक विशाल भट्टराईलेका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने बताए । सत्तबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।
आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।