काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएका हुन्।
बैठकमा मन्त्रिपरिषद् विस्तार, नयाँ सरकारका प्राथमकिता र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारी गरिएको छ। । शीर्ष नेताहरुको बैठकले सम्भवतस् नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।
क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वडा, गाउँरनगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिनेले जानकारी दिए।
साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिए पनि कति दिन भन्नेबारे खुलाइएको छैन।