काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएकी छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटेर राजदूत होउ यान्छीले बधाई दिएकी हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।