एमालेको संसदीय दल र स्थायी कमिटिको बैठक बस्दै



एमालेको संसदीय दल र स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक र स्थायी कमिटि बैठक आज बस्ने भएको छ । बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटि बैठकको लागि माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको हो ।

आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदिय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यद्यपी असन्तुष्ट समुह बैठकमा सहभागि हुन्छ वा हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटिको बैठक डाकिएको संस्थापन पक्षको दावी छ ।

अभियान पोष्ट