Friday, March 31
Shadow

महामन्त्री निवासमा पौडेल पक्षको बैठक, के होला छलफल ?


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा नेता रामचन्द्र पौडेल पक्षको सुरु भएको छ । मन्त्रीमण्डलमा आफ्नो पक्षबाट पठाउने नेताहरूको नाम टुङ्गो लगाउन बिहिबार बैठक बसेको बताइएको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, बलबहादुर केसी लगायत रहेको बताइएको छ।

पहिलो चरणमा मन्त्री बनाउँदा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका दुई जनालाई स्थान दिएका थिए। पौडेल पक्षबाट सांसदद्वय मिनेन्द्र रिजाल र दिलेन्द्र बडु मन्त्री हुने चर्चा छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्