प्रचण्ड-विप्लव भेटवार्ता, तीन बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन हुन्छ : प्रचण्ड



प्रचण्ड-विप्लव भेटवार्ता, तीन बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारले विप्लव नेतृत्व्को नेकपासँग गरेको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटमा साे प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेकपा महासचिव विप्लव प्रचण्डलाई भेट्न पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनसहित खुमलटार पुगेका थिए ।

नेकपाका महासचिव विप्लवसँग करिव ७ वर्षपछिको भेटमा प्रचण्डले अहिलेको सरकारले अघिल्लो सरकारसँग भएको सहमति इमान्दारिपूर्वक कार्यान्वयन गर्ने बताए ।

भेटमा सहभागी नेकपाका सचिवालय सदस्य धमेन्द वास्तोलाका अनुसार ३ बुँदे सहमति, नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम र नेपालको कम्युनिस्ट आन्दोलनले व्यहोरेको क्षतिका विषयमा गम्भीर छलफल भएको थियो ।

सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए ।

तर, लामो समय भए पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै पछिल्लो समय नेकपाका नेताहरू सरकारसँग असन्तुष्ट हुँदै आएका थिए । विप्लवसँग सहमति गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन भएको दोस्रो दिनै प्रचण्ड र विप्लवबीच भेट भएको हो ।

अभियान पोष्ट