प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री बनेका देउवाले संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउनेछिन् ।

 

 

अभियान पोष्ट