Monday, March 27
Shadow

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग


  • -इ
  • इ+

काठमाडौं । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले सहयोग शुरु गरिएको हो । आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज–दुवईबाट रु एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज–कुवेतबाट रु दुई लाख ४० हजार सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिनुभयो ।

वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ । वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्