थप १८७५ जनामा संक्रमण पुष्टि



थप १८७५ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२८६ संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या २९ रहेको छ ।

अभियान पोष्ट