Friday, February 3
Shadow

गाउँमा श्रीमतीहरुको झगडा भएको निहुँमा दुबइमा श्रीमानहरुको लडाइँ, दुवै पुगे जेल


  • -इ
  • इ+

काठमाडौं । रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा लडाइँ भयो। गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै लडे। अन्ततः ती दुवैलाई जेल सजाय भएको छ। यी दुवै परिवार पाकिस्तानी हुन्। पाकिस्तानमा श्रीमतीहरुबीच भएको झगडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो।

यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन्। उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झगडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेका थिए। दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार छोटकरीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने हतियारले आक्रमण गरेका थिए। जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको गल्फ न्यूजले जनाएको छ।

पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो। यसको कारण पीडित र आक्रमणकारीका श्रमितीहरुबीच पाकिस्तानमा भएको झगडा थियो। मेडिकल रिपोर्टमा पीडितको हात भाँचिएको र टाउकोमा चोट लागेको पाइयो। उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन्। अन्ततः दुई आक्रमणकारीहरुलाई भौतिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइएको छ । फैसला सेप्टेम्बर ७ मा आउने भएको छ। एजेन्सी

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्