Wednesday, March 29
Shadow

यी शर्तसहित काठमाडौंमा सबै यातायात चलाउन छुट


  • -इ
  • इ+

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले शर्तसहित जोर बिजोर प्रणाली हटाएको छ । सरकारले सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको हो ।

उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सवारी साधन सञ्चालन हुने भएका छन् ।

यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर बिजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उनले बताए ।

त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्