Thursday, June 1
Shadow

ओली र नेपालबीच टेलिफोन वार्ता


  • -इ
  • इ+

काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।

एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ । ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।

दुई नेताबीच टेलिफोनमा वार्ता भएपछि ओली समूहबाट नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भुषाल, भीम आचार्य र सुरेन्द्र पाण्डे छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा भएको छलफलमा कुनै निकास निष्कन नसकेको स्रोतको दाबी छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्