Wednesday, March 29
Shadow

चिनियाँ राष्ट्रपति सीको चेतावनी : चीन दबिने छैन


  • -इ
  • इ+

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए ।

उनले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी समेत दिए । बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगाँठ मनाउनका लागि भेला भएका छन्, उनीहरुमध्ये धेरैजनाले मास्क लगाएका छैनन् । चीनमा कोरोना भाइरसको प्रभाव खासै नरहेकाले उनीहरु स्वतन्त्र हिडिंरहेका छन् ।

सीले झन्डै एक घण्टासम्म सम्बोधन गरेका थिए । उनले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए । उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए ।

अमेरिकाले आफ्नो विकास रोक्ने प्रयोग गरिरहेको आरोप चीनले बारम्बार लगाउने गरेको छ । त्यहीकारण यो भनाईलाई पनि वासिङटनसँग जोडिएको हेरिएको छ । बिहीबार बिहानको समारोहमा सैनिक जेट उडाइएको, तोप पड्काइएको र राष्ट्रवादी गीतहरु बजाइएको थियो ।

१९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) गठन भएको थियो । लामो गृहयुद्धपछि १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । त्यसयता देशमा ठूलो परिवर्तन भइसकेको छ । सोमबार बेइजिङस्थित बर्ड नेस्ट रंगशालामा ‘ग्रेट जर्नी’ नामक नृत्य प्रस्तुती पेश गरिएको थियो, यस प्रस्तुतीले चिनियाँ इतिहास झल्काउथ्यों ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्