Friday, February 3
Shadow

आज मौसम पूर्वानुमान : कहाँ–कहाँ हुदै छ भारी वर्षा ?


  • -इ
  • इ+

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जनाएको छ।

महाशाखाले हाल प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण बदली भइ बाँकी प्रदेशमा भने सामान्य बदली रहेको जनाएको छ। यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा पनि हुनेछ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्