Wednesday, March 29
Shadow

मङ्गलसेन नगरपालिकाको रु ५३ करोडको बजेट


  • -इ
  • इ+

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यायले वडातर्फ १४ वटै वडामा रु तीन करोड ४८ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाले पूँजीगततर्फ रु १३ करोड र चालुतर्फ रु २२ करोड विनियोजन गरिएको नपाका सूचना अधिकारी विष्णु जैसीले बताउनुभयो ।

पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगर प्रमुख पदम बोहराले जानकारी दिनुभयो ।

नगरसभामा गत वर्षको प्रमुख उपलब्धि तथा चालु आर्थिक वर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यसैगरी नगरसभामा स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधिलगायत १६ व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिनुभयो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्