सेयर बजारमा गयो पहिरो, आत्तिए सेयर लगानीकर्ता

काठमाडौं । नेपाली सेयर बजारमा पहिरो गएको छ। आइतबार सेयर बजारमा ६३.२८ अंकको पहिरो जाँदा ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
सेयर बजारमा २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २१५ कम्पनीको मूल्य घटेको छ। आज बजारको परिसूचक २९०५ अंकमा कायम भएको छ।
जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि देखिएका छन्। बोर्डको विज्ञप्तिमा ‘जोखिमयुक्त’मा सबैभन्दा धेरै अर्थात सूचीकृतमध्ये आधा कम्पनी जलविद्युत कम्पनीहरु छन्।
केही जलविद्युत आयोजनाहरुमा अविरल वर्षाका कारण क्षति पुगेकाले पनि जलविद्युत कम्पनीको सेयर बिक्रीमा चाप परेको छ। सबै समूहहरु ओरालो लागेका छन्।
जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।
त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ। बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८.७ प्रतिशतले घटेको छ।
खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, सिइडिबी हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।
यस दिन कुमारी बैंकको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खा फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोको मूल्य ३ प्रतिशतले बढेको छ।