Tuesday, March 28
Shadow

उपत्यकाका प्रजिअहरूको बैठक बस्दै, निषेधाज्ञा के हुन्छ


  • -इ
  • इ+

काठमाडौं । काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्ने भएको छ । उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूबिच निषेधाज्ञाबारे थप छलफल गरी आवश्यक निर्णय लिन आज बैठक बस्ने भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठक अपरान्ह ३-४ बजेतिर बिच बस्दै निषेधाज्ञा थप र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने स्रोतले बतायो। यधपी कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ।

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

यतायातको हकमा भने जोर/बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्