सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आएको बाढी र पहिरोमा परी २३ जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार जना महिला र १९ पुरुष गरी २३ जना बेपत्ता भएको जनाएको हो ।
पहिरोका कारण धेरै परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति भएको छ । यसैगरी गाउँपालिकाभित्र ६ वटा झोलुंगे पुल बगाएको छ भने काठमाडौंबाट मेलम्ची हुँदै हेलम्बु पुग्ने सडकमा पनि क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।