काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार १२ हजार ४ सय ८४ जनाको परिक्षणमा २६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार देशभर २ हजार १ सय ४१ जना संक्रमण मुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ ।