Thursday, June 1
Shadow

घातक खेलमा लागेका व्यक्ति अलग होलान तर पार्टी विभाजन हुँदैन : विष्णु पौडेल


  • -इ
  • इ+

काठमाडौं । नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताउनुभएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र खुला विचारका साथ गर्नुभएको आव्हानलाई यसरी अस्वीकार गर्नुभनेको नेपाल–खनाल समुह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताउनुभयो ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताउनुभयो ।

यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पार्नुभयो ।

संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताउनुभयो । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गर्नुभयो ।

आफुहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्