काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्धारित समयमै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।
चौधौं गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित समय कात्तिक २६ र मंसिर ३ गते जसरी भए पनि निर्वाचन हुने राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको बताएका छन्।
‘निर्वाचन हुँदैन भनेर दुष्प्रचार भएको छ, त्यस्तो दुष्प्रचारलाई विश्वास नगर्नुहोस्’ ओलीले शनिबार भने, ‘निर्वाचन हुन्छ, जनताको अभिमतको अद्यावधिक गर्न निर्वाचन हुनुपर्छ, ढुक्क हुनुहोस्।’
उनले जनमुखी कदमहरू चाल्दा हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गर्नुपरेको बताए।
यस्तै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि ती वर्गको संरक्षक सरकार बनेको दावी उनले गरे। गणतन्त्रमा जनताको जीवनमा परिवर्तन ल्याउन विकासको चौतर्फी अभियान पनि अघि बढाइएको बताए।