काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पुर्जी काटेर सर्वोच्च अदालतमा उपस्थित गराउनु पर्ने बताएका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहसपछि बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई पुर्जी काटेर पक्राउ गरी अदालतमा उपस्थित गराउनु पर्ने बताएका हुन् ।