Sunday, April 2
Shadow

पत्रकार महासङ्घका अध्यक्ष पोख्रेल चढेको कार दुर्घटना


  • -इ
  • इ+

काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो ।

गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी हुनुहुन्थ्यो । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्