संसद विघटन गर्दै प्रधानमन्त्री केपी ओलीले आगामी २६ कात्तिक र ३ मंसिरका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।
राष्ट्रपतिले ओली र शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री दावीमा आधार नदेखिएको भन्दै देशलाई मध्यावधि निर्वाचनमा धकेलेकी थिइन् । राष्ट्रपतिको कदमपछि मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले संसद् विघटन गरेका हुन् ।
विपक्षी दलहरुले संविधानलाई राष्ट्रपतिबाटै च्यात्ने काम भएकाे भन्दै विराेध जनाएका छन् ।
एकातिर अब कोभिड महामारीका बीच देशमा निर्वाचन हुनेमा आशंका छ । दलहरुले निर्वाचनमा सहभागीता जनाउँछन् या बहिस्कार गर्छन्-स्पष्ट छैन ।