काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ ।
गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।
काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।
आफन्तजनले डिउटीमा खटिदाखटिदै संकरण भएकाे तर राज्यले उपचारमा खासै ध्यान नदिंदा ज्यान गएकाे गुनासाे गरेका छन् ।
“प्रहरी अधिकृतले राम्राेउपचार नपाउँदा ज्यान जान्छ भने सर्वसाधारणकाे अवस्था कस्ताे हाेला ?” पीडितहरुकाे दुखेसाे छ ।