काठमाडौं । नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर १३९ संक्रमितको मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।
यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।