Tuesday, December 6
Shadow

अमेरिकी गोलीकाण्ड : एक नेपालीसहित चार जनाको मृत्यु


  • -इ
  • इ+

डिसी । अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी एक नेपालीको ज्यान गएको छ । शनिबार बिहान साढे ६ बजे गोलीकाण्डमा संखुवासभा खादवारी नपा ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।

बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन।

अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टीमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो ।

उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । राजदूत डा. युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएका हुन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्