Friday, May 26
Shadow

भारतमा नियन्त्रण बाहिर कोरोना, जी ७ को बैठकमै कोरोना पोजेटिभ


  • -इ
  • इ+

एजेन्सी : लन्डनमा चलिरहेको जी सेबेन देशहरुको बैठकमा सहभागी हुन बेलायतको राजधानी लण्डन पुगेका भारतका प्रतिनिधिमण्डका २ सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ ।

लन्डनमा रहेका भारतीय परराष्ट्रमन्त्री सुब्रह्मण्यम जयशंकरले एक ट्विटर सन्देशमा आफू भौतिक रुपमा बैठकमा सहभागी नहुने बताएका छन् । उनी स्काईपको मदतबाट बैठकमा सहभागी हुने छन् ।

तर जयशंकरलाई भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । भारतमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गईसकेको छ ।

प्रत्येक दिन भारतमा करिब पौने चार लाखको हाराहारीमा कोरोना संक्रमित थपिईरहेका छन् भने दैनिक साढे तीन हजार बढीको मृत्यु भईरहेको छ ।

कोरोना कै कारण पूर्वी बंगालको पूर्वी राज्य, जसले मोदीको पार्टीलाई गत हप्ताको निर्वाचनमा पराजित गरेको ठानिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्