Monday, March 27
Shadow

क्यानडाद्धारा भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा


  • -इ
  • इ+

एजेन्सी : क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गरेर यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ ।

क्यानडाले यो प्रतिबन्ध पाकिस्तानमाथि पनि लगाएको जनाएको छ । क्यानडाका यातायातमन्त्री उमर अलगाबराले बिहीबार भनेका छन्, ‘भारत र पाकिस्तानबाट आउने सबै व्यावसायिक र निजी उडानमाथि आगामी ३० दिनका लागि प्रतिबन्ध लगाइएको छ।’ उनका अनुसार यो नियम बिहीबार स्थानीय समयानुसार राति ११ः३० बजेबाट लागू भएको छ । कार्गो उडानमाथि भने प्रतिबन्ध लगाइएको छैन ।

‘खोप, पीपीई र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति गर्नुपर्ने भएकोले कार्गो उडान भने निमयित हुनेछन्,’ उनले भनेका छन्, ‘यो अस्थायी प्रतिबन्ध हो । निकट भविष्यमा त्यहाँको अवस्था विश्लेषण गरी यो निर्णयमाथि पुनर्विचार गर्नेछौं ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्